धरान: नेपामला आज एकै दिन तीन जनामा कोरोना संक्रमित फेला परेका छन् । तीनै जनामध्ये दुई कैलालीका हुन् भने एक जना कञ्चनपुरका हुन् ।

भारतको मुम्बई र उत्तराखण्डबाट फर्किएका दुई जनामा कोरोना संक्रमण भएको पाइएको हो भने एक जना यसअघि कोरोना संक्रमित व्यक्तिका आफन्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । योसँगै पहिलो पटक विदेशबाट आएको व्यक्तिबाहिर स्थानीयमा पनि कोरोना संक्रमण देखिएको छ । यसअघि देखिएका सबै विदेशबाट आएका व्यक्तिहरु थिए ।

विदेशबाट आएका व्यक्ति मात्र कोरोना संक्रमित देखिदै आएकोमा अरुमा पनि भाइरस सरेको घटनालाई गम्भीररुपमा लिइएको छ । यसले स्थानीय व्यक्ति हुदै समुदायमा पनि भाइरस सरेर झन् भयावह रुप लिनसक्ने विज्ञ एवं स्वास्थ्यकर्मीहरु चिन्तित छन् । 'अब झनै सतर्कता अपनाउनुपर्ने उनीहरुको सुझाव छ । अहिलेसम्म विदेशबाट आएकाहरुमा मात्र सिमित छ भन्ने थियो, तर अब स्थानीयमा पनि संक्रमण देखिनु चिन्ताको बिषय हो,'एक स्वास्थ्यकर्मीले भने,'अब झनै सचेत हुने बेला भयो ।'