धरान: प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट आफ्नो उम्मेद्वारलाई जिताउन उज्यालो नेपाल पार्टीले पनि निर्वाचन परिचालन समिति गठन गरेर चुनावमा होमिएको छ । 

उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबाट प्रत्यक्षतर्फका साझा उम्मेद्वार रहेका डम्बर लावती (जेन्टल)लाई जिताउन ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको जनाएको छ । धरानको पार्टी कार्यालयमा बसेको बैठकले सुनसरी १ मा लोकबहादुर थिङ संयोजक रहने गरि समिति गठन गरेको हो । 

निर्वाचन परिचालन समितिको सह-संयोजकहरूमा लोक बहादुर राई र मुना राई रहेका छन् भने सचिवमा अमित थेवे, सहसचिवहरूमा तारा श्रेष्ठ र सीमा राई रहेका छन् । 

ujyalo nepal

यस्तै,आर्थिक विभाग प्रमुखमा कमला रुम्दाली, महिला विभाग प्रमुखमा मिसन लामा, प्रचार प्रसार विभाग प्रमुखमा डम्बर लाबुङ, युवा विभाग प्रमुखमा सुमन राई, विद्यार्थी विभाग प्रमुखमा सीमा राईले जिम्मेवारी पाएका छन् । यसैगरि, मिडिया प्रमुखमा युमेहाङ राई, कानून, प्रशासन, राजनीतिक सम्वाद प्रमुखमा विपीन इङ्वाराम रहेका छन् । 

सुनसरी १ मा प्रत्यक्षतर्फ उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य एवं युवा नेता डम्बर लाओती (जेन्टल) उम्मेद्वार छन् । यस्तै, समानुपातिकतर्फ जेन जी सहिद साजन मेवाहाङ राईका पारिवारीक सदस्य उत्तरकुमारी राई छिन् । यो निर्वाचनमा उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच सहकार्य गरेको छ । उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीले प्रत्यक्षतर्फ चुनाव चिन्ह चिम र समानुपातिकतर्फ बाँसुरीमा भोट माग्ने सहमति गरेर मिलेर चुनावमा होमिएको छ ।