धरान: राजनीतिक दलहरुले तत्कालिन नगर प्रमुख एवं खानेपानी बोर्डका अध्यक्ष हर्कराज राईविरुद्ध आन्दोलन गर्ने क्रममा तोडफोड भएको उपमहानगरपालिकाको प्रवेशद्धारको बोर्ड तत्काल बनाउन कार्यवाहक नगर प्रमुख अइन्द्रबिक्रम बेघाले निर्देशन दिएका छन् ।
आइतबार बसेको कार्यपालिका बैठकमा वडा नं १६ का अध्यक्ष मुरारी भट्टराईले भत्किएको उक्त प्रवेशद्धारबाट नगरमा छिर्दा राम्रो नभएको भन्दै मर्मत गर्न ध्यानाकर्षण गराएका थिए । बैठकमा मर्मत गर्नुपर्ने भन्दै उक्त बिषय प्रवेश भएपछि कार्यपालिका बैठकले गडगडाहटले ताली बजाएर पारित गरेको थियो ।
लगत्तै जवाफ दिने क्रममा कार्यवाहक नगर प्रमुख बेघाले प्रशासन महाशाखालाई भोली (सोमबार) बिहान कार्यालय प्रवेश गर्ने समयमा मर्मत गरिसक्न निर्देशन दिएका थिए । ‘भोली १० बजेभित्रमा सेवाग्राहीहरु कार्यालय प्रवेश गर्दैगर्दा त्यो गेट मर्मत गरिसक्न निर्देशन दिन्छु,’ उनले भने ।

निवर्तमान प्रमुख हर्क साम्पाङले खानेपानीको महशुल वृद्धि गरेपछि राजनीतिक दलहरु आन्दोलनमा उत्रिएका थिए । त्यसैक्रममा आक्रोशित युवाहरुले उपमहानगरको मुख्य प्रवेशद्धारको बोर्ड तोडफोड गर्दा कुच्चिएको थियो । राजनीतिक दलहरुले तत्काल मर्मत गर्न चाहेपनि साम्पाङले दिएका थिएनन् । उनी पदमा रहुञ्जेल उक्त बोर्ड मर्मत गर्न दिएनन्, र कानुनी कारबाहीको प्रक्रियामा रहेको भन्दै नगरपालिकाबाट पनि मर्मत गरेनन् ।
भिडियो:







