धरान: नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार मनोज भट्टराईले धरान र सुनसरी क्षेत्र नं १ लाई पैसा खर्च गर्न आउने पर्यटकहरुको सहर बनाउन चाहेपनि अहिलेसम्म राजनीतिक पर्यटक उम्मेद्वरहरुको मात्र सहर भएको बताएका छन् । 

आफ्ना चुनावी प्रतिवद्धताहरु सार्वजनिक गर्ने कार्यक्रममा पत्रकारहरुको प्रश्नको जवाफ दिदै भट्टराईले आफु भने धरानमै जन्मिएर हुर्केको, खेलेको, पढेको भएकोले अरु जस्तो नहराउने र सधै यहीका जनताको सुख, दुःखमा साथ दिने पनि बताए । 

‘हामीले धरान र सुनसरी १ लाई पर्यटकीय सहर बनाउछौं भनेको हो । खर्च गर्ने पर्यटक आउने बनाउन चाहेको तर उल्टो भइरहेको छ । खर्च गर्ने पर्यटक भन्दा पनि राजनीति गर्न आउने पर्यटकहरुबाट धरान, सुनसरी क्षेत्र न. १ बाट पीडित छ,’ भट्टराईले भने, ‘मनमोहन अधिकारीदेखि अहिलेसम्म पर्यटक उम्मेद्ेवाहरुले जित्दै आएको, पार्टीहरुले पनि त्यस्तै उम्मेदवार दिदै आएकोले म जहाँ जान्छु, जनताले त्यसरी नै फर्केर त नआउने होला नि भन्छन् ।’

भट्टराईले आफुलाई भोट दिएर जनताले जिताए पछुतो हुन नदिने पनि दाबी गरे । ‘म त्यहाँबाट बाइक स्टार्ट गरेर हिडेभने आधा घण्टामा सुनरी १ को सबै भुगोलमा आइपूग्छु, दुःख सुखमा आइपुग्छु । हर्दा यही हुन्छु, जित्दा पनि यही हुन्छु । जित्दा अझ धेरै काम गर्नेछु । किन भोट मनोजलाई दिएछु भन्ने पछुतो हुन दिन्न भनेको छुँ,’ उनले भने । 

manoj

उम्मेद्वार भट्टराईले नेपाली कम्युनिष्ट पार्टी भन्दा नयाँ अरु नभएको बताएका छन् । उनले २५ भन्दा बढी घटक मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको र यही नै नयाँ भएको पनि बताए । 

‘कम्युनिष्टहरुको केन्द्र बन्नुपर्छ भनेर २५ वटा भन्दा बढी घटक मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको छ । बजारमा नयाँलाई हेर्ने भनेको सुन्छौं, नयाँ भनेको त हामी हो, चुनाव चिह्न तारा लिएर पहिलो पटक निर्वाचनमा होमिदैछौं,’ उनले भने,‘यो पार्टी दर्ता भएपछि अरु कुनै पार्टी दर्ता भएको छैन, नयाँलाई हेर्ने भनेकै नेपाली कम्युनिष्ट पार्टीलाई हेर्ने भनेको हो ।’

उनले आममानिसको बुझाई नयाँ भनेको रास्वपा, माटो भन्ने भएपनि ती सबै पुराना भएको दाबी गरे । ‘उहाहरु त पुरानो हो, एक पटक चुनाव लडिसक्नुभयो,’ उनले भने । 

भिडियो: