झापा: प्लाइउडलाई 'अत्यावश्यक सामग्री' बनाएर मेची भन्सारले ढुवानी अनुमति दिएको खुलेको छ ।
लकडाउनमा सरकारले अत्यावश्यक सेवाबाहेकका ढुवानी तथा सवारीसाधनलाई पुर्णरुपमा रोक लगाएको छ । तर, मेची भन्सारले भारतबाट भित्रिएको प्लाइउड बोकेको ढुवानीका गाडीहरुलाई अत्यावश्यक सामग्री बनाएर नेपाल प्रवेश गर्न दिएको हो । काकरभिट्टाको इलाका प्रहरी, सशस्त्र प्रहरी, इटाभट्टा चोक, जोरसिमल, धुलाबारीको पनि सुरक्षा जांच छिचोलेर धुलाबारी क्याम्पससम्म तीन वटा कन्टेनर आइपुगेको थियो ।
ज्यामिरगढीमा आइपुगेपछि स्थानीयले ती कन्टेनरलाई अघि बढ्नै दिएनन् । स्थानीयले जताबाट आएको, त्यतै जाने सर्तमा फर्काइदिएको पत्रकार राजु अधिकारीले जानकारी दिए । उनका अनुसार २४ घन्टा क्वारेन्टाइनमा राखेर जोखिम नभएको पुष्टि भएर छोडेको भन्ने जवाफ प्रहरी र भन्सारले दिएको थियो ।







