धरान: सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीयतहबाट अर्को स्थानीयतहमा हुने आवतजावतलाई कडाई गर्ने भएको छ ।

कोरोना भाइरस नियन्त्रण गर्नको लागि सरकारले यो कदम चालेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए । शनिबार कैलाली र कञ्चनपुरमा तीन जना थप कोरोना संक्रमित फेला परेका थिए । ती मध्ये एक जनालाई विदेशबाट आएको आफन्तबाटै सरेको पाइए पछि सरकारले अनावश्यक हिडडुललाई रोक्न यस्तो निर्णय लिएको हो । विदेशबाट आएकाबाट भाइरस स्थानीयमा सरे पछि संक्रमणको दोस्रो चरण शुरु भएको छ । सरकारले चैत २५ गतेसम्म लकडाउन गरेको छ ।